नेपाली सेनाले तोक्यो आठवटै पृतनामा पृतनापति, कहाँ को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । नेपाली सेनाले कमाण्ड संरचनालाई यथावत् राख्दै आठवटै पृतनामा पृतनापतिहरु खटाएको छ । 

जसअनुसार सुदुरपश्चिम पृतनामा उपरथी होमनाथ दवाडी, प्रदेश नम्बर दुईमा प्रेमध्वज अधिकारी र लुम्बिनी प्रदेशमा यम ढकाललाई पठाइएको छ । 

विजय थापालाई हेटौडाको पृतनापतिको जिम्मेवारी दिइएको छ । उनी उपरथी बढुवाको लाइनमा थिए । हिरालाल जोशी कर्णाली प्रदेश, सुर्खेतका पृतनापति भएका छन् भने गण्डकी प्रदेश पोखरामा बावुराम श्रेष्ठलाई पृतनाको जिम्मेवारी दिइएको छ । 

त्यसैगरी, उपत्यकामा उपरथी योगराज शर्मा र प्रदेश नम्बर एक इटहरीमा उपरथी सहदेव खड्का यथावत् राखिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।