सरकारलाई आयोगको निर्देशन : लालपुर्जा वितरण र वैदेशिक भ्रमण नगराउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । निर्वाचन आयोगले लालपुर्जा वितरण गर्ने लगायत सम्पूर्ण कार्यहरू स्थगित गर्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।

यस्तै, नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न नगराउन आयोगले निर्देशन दिएको छ ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालीग्राम शर्मा पौडेलले बिहीबार एक विज्ञप्ति जारी गर्दै आसन्न निर्वाचनको स्वच्छता र निष्पक्षता कायम राख्न यस्तो निर्देशन दिएको उल्लेख गरेका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।