घनश्यामको ‘लन्डन टु पेरिस’ फागुन ५ मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ फागुन ५ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण युनिटले बिहीबार फिल्मको प्रदर्शन मिति तोकेको हो।

सोही मितिमा नारायण रायामाझीको फिल्म ‘परदेशी–२’ पनि रिजिन हुने छ।

बेलायत र फ्रान्समा छायाँकन गरिएको फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा, निश्चल खड्का, कबीर खड्का र मनिष श्रेष्ठ मुख्य भूमिकामा छन्।

एबी इन्टरनेशनल प्रोडक्शनका ब्यानरमा निर्माण भएको फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको केही सुटिङ भने अझै बाँकी रहेको बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।