काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने संकेत पाएपछि पूँजी बजारमा ठूलो प्रभाव परेको छ ।
लामो समयदेखि स्थिर रहेको बैंकको ब्याजदर असोज महिनादेखि खुला हुने भएपछि सेयर बजार राताम्य भएको छ ।बुधवार शेयर बजार मापक सूचक (नेप्से) ५७ अंकले घटेर १९२४.४८ विन्दुमा झरेको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २३२ कम्पनीको २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँ बराबरको ६९ लाख ४० हजार ५९६ कित्ता शेयर किनबेच भएका छन् ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा बढेको छ । बुधवार २२७ कम्पनीको १ अर्ब ४५ करोड ३८ लाख २४ हजार ६४९ रुपैयाँ बराबरको कारोबार भएको थियो।
Comment