चुनाव र सुरक्षा कारण देखाउँदै सर्‍यो नेपाल टी २० लिग फ्रेन्चाइज क्रिकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   काठमाडौंमा असोज ८ गतेबाट कात्तिक ५ गतेसम्म आयोजना हुने भनिएको नेपाल टी-२० लिग सरेको छ। नेपाल टी २० को गभर्निङ डी क्रिककेट एसोसिएसन अफ नेपाल (क्यान) ले आज एक सूचना जारी गर्दै प्रतियोगिता सरेको जानकारी दिएको हो।

अब यो फ्रेन्चाइज् लिग आउँदो डिसेम्बर ११  (प्रतावित मिति) बाट डिसेम्बर ३१ सम्म काठमाडौंमा गर्ने तयारी क्यानले गरेको छ। गत भदौ २९ गते नै गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले क्यानलाई पत्र लेख्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि हुने निर्वाचनको लागि सुरक्षाकर्मी खटिने भएकाले उपलब्ध गराउन नसक्ने जानकारी गराएको थियो। 

शाखाले क्यानलाई यो प्रतियोगिता आगमी मंसिर ४ गते हुने चुनावपछि गराउनका लागि पनि अनुरोध गरेको थियो। त्यसपछि आजै क्यानले सूचना सार्वजनिक गर्दै प्रतियोगिता डिसेम्बर २५ सम्मका लागि स्थगित गरेका जानकारी दिएको हो। 

‘क्यानले खेलाडीको सुरक्षलाई गम्भीरतापूर्वक लिएको छ,’ सूचनामा लेखिएको छ, ‘विदेशबाट आउने खेलाडीका लागि धेरै सूरक्षा चाहिने हुन्छ।’

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।