साउन महिनामा वाणिज्य बैंकहरुको नाफा दोब्बरले बढ्यो, कुनले कति कमाए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ। चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा २६ वटा वाणिज्य बैंकले १३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।

लगानी योग्य रकम अभावका कारण कर्जा लगानी ठप्पप्रायः हुँदा पनि साउनमा बैंकहरुको खुद नाफा बढेको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक साउनमा २६ वटा वाणिज्य बैंकले कुल १३ अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो गतको सोही अवधिको तुलनामा १०८ प्रतिशतले धेरै हो । गत वर्ष साउनमा वाणिज्य बैंकहरुले ६ अर्ब ३३ करोड खुद नाफा कमाएका थिए ।

साउनमा नबिल बैंकले लेखापरीक्षण अघिको नाफा देखाएका कारण बैंकहरुको खुद नाफा धेरै देखिएको हो । नबिलको बाहेक २५ बैंकहरुले साउनमा ८ अर्ब २२ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्ष साउनको तुलनामा ३०.३२ प्रतिशत बढी हो।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार नबिलले साउनमा ४ अर्ब ९७ करोड नाफा कमाएको छ । यद्यपि, यो लेखापरीक्षण अघिको रकम हो । नबिलले खराब कर्जा बापतको प्रोभिजनिङ लगायतका खर्चहरु नघटाउँदा नाफा अस्वभाविक देखिएको हो ।

नबिल बाहेक साउनमा सबैभन्दा धेरै नाफा कमाउने सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक रहेको छ । राष्ट्रिय वाणिज्यले साउनमा ७५ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यस्तै, साउनमा ग्लोबल आइएमई बैंकले ६७ करोड ३३ लाख रुपैयाँ, एनआइसी एसिया ४७ करोड ६४ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले ४२ करोड रुपैैयाँ खुद नाफा कमाएका छन् ।

साउनमा सबैभन्दा कम नाफा कमाउनेमा बैंक अफ काठमाण्डू रहेको छ । ग्लोबल आइएमईसँग मर्जरमा जाने सम्झौता गरेको बैंक अफ काठमाण्डूले साउनमा १६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमायो।

यस्तै, सिभिल बैंकले १७ करोड ७७ लाख रुपैयाँ र सेञ्चुरी कमर्सियल बैंकले १७ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।