पछि हट्यो पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, निगमसँग ३ बुँदे सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारसँगको तीनबुँदे सहमतिपछि पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिएका हुन् । सरकारसँग ३ बुँदे सहमतिसँगै व्यवसायीले विरोधका कार्यक्रम फिर्ता लिएका छन् ।

सहमतिपत्रमा पूर्ति तथा वितरण विभागका निर्देशक वीरन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ ।

भदौ १९ गतेबाट हवाई इन्धन ढुवानी बन्द भएको थियो भने आगामी महिनाबाट सबै प्रकारको ढुवानी बन्द गर्ने भनेर व्यवसायीले घोषण गरेको थिए । असोज ७ गतेभित्र व्यवसायीको सबै माग सम्बोधन गर्ने सहमति पत्रमा उल्लेख छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।