साफ यू–१७ च्याम्पियनसिपमा चौथो पटक पनि नेपाल उपविजेतामा सिमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ ।  नेपाली युवा फुटबल टोली श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग पराजित भएको छ ।

यसअघि तीन पटकसम्म फाइनलमा भारतसँग पराजित भएको नेपाल यसपटक पनि भारतसँगै पराजित भएको हो । श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग ४–० ले पराजित भएको हो ।

कोलोम्बोको रेडकोर्ष मैदानमा भारतले १८औँ मिनेटमा बबी सिंह ऐनद्रिमबमको गोलबाट अग्रता लिएको थियो । ३०औँ मिनेटमा कोरोउ सिंह थिङगुजामले भारतका अग्रता दोब्बर बनाए । दुई गोलले पछि परेको नेपाल ३९औँ मिनेटमा कप्तान प्रशान्त लक्षमले रातो कार्डको सामना गरेपछि झन दबाबमा परेको थियो । प्रशान्तले भारतका ड्यानी लैश्रमलाई कुहिनाले हानेपछि रेफ्रीले सिधै रातो कार्डको दर्शन गराएका थिए ।

दश खेलाडीमा सिमित भएर खेलेको नेपालले ६३औँ मिनेटमा अर्को गोल खाएको थियो । भारतका कप्तान गुइटेले दर्शनीय गोल गरेका थिए । प्रतियोगितामा नेपालले भारतलाई लिग चरणमा ३–१ ले हराएको थियो । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।