राष्ट्रपतिद्वारा पाँच विधेयक प्रमाणीकरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँचवटा विधेयक प्रमाणीकरण गरेकी छन् । 

मंगलबार राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीबाट विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो ।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रियसभा बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका पाँच विधेयक प्रमाणीकरण भएको विज्ञप्तिमा उल्ल्ेख छ । 

विज्ञप्तिअनुसार राष्ट्रपतिले तथ्यांक सम्बन्धी कानूनलाई संसोधन र एकीकरण गर्न बनेको विधेयक, स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संसोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

त्यस्तै सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएकाे छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।