एनसेलको दशैं अफर, रिचार्ज गर्दा ४० रुपैयाँसम्म बोनस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दूरसंचार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले दशैंको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकले हरेक दिन १०० रुपैयाँ वा सो भन्दा बढीको रिचार्जमा अधिकतम ४० रुपैयाँसम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् ।

यो योजना भदौ २८ गते मंगलबारदेखि संचालनमा आएको कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत एनसेलका ग्राहकले १०० रुपैयाँको रिचार्ज गर्दा १ दिन मान्य रहने १० रुपैयाँ बोनस प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी १५० रुपैयाँ रिचार्ज गरेमा २० रुपैयाँ बोनस स्वरुप प्राप्त गर्छन् ।

प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरि २०० रुपैयाँ वा सोभन्दा बढिको रिचार्ज गरेमा ग्राहकले ४०रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ ।

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् ।

ग्राहकका लागि १०० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।