नेप्सेमा दोहोरो अंकको कमब्याक,यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । यस साता सुरुको दुई कारोबार दिनमै नेप्से २५ अंकले घटेको नेप्सेमा आज दोहोरो अंकको कमब्याक भएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि झिनो बढोत्तरी भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोडले बढेर ९२ करोड पुगेको छ ।

मंगलबार नेप्से परिसूचक २१.३० अंकले बढेर १९३४.०४ विन्दुमा पुगेको छ । यसदिन २३१ कम्पनीको ९२ करोड २५ लाख रुपैयाँ बढीको ३१ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै २.३० प्रतिशतले बढेको छ ।

आज नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावरको साढे ५ करोड र हिमालयन एभरेष्ट इन्स्योरेन्स पौने ४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

दोहोरो अंकले बढेको बजारमा बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, मैलुङ खोला जलविद्युत् ७.७६, सानिमा लार्ज क्याप फण्ड ६.६७, युनिभर्सल पावर ४.६७, रिभर फल्स पावर ४.२४, मितेरी डेभलपमेन्ट बैंक ४.१२, गणपति लघुवित्त ४.०३, किसान लघुवित्त, महुली लघुवित्त र नबिल इक्वीटी फण्डको सेयर मूल्य साढे ३ प्रतिशतले बढेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।