१५ वर्षीया किशोरी करणीको आरोपमा सेनाका अमल्दार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ । एक १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सेनाका अमल्दारलाई पक्राउ गरेकाे छ ।

बागलुङ गल्कोट-११ घर भइ हाल नेपाली सेनाको वेनिघाट-आरुघाट सडक निर्माण कार्यदलमा कार्यरत नेपाली सेनाका अमल्दार मनबहादुर राना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत शनिबार १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रानालाई पक्राउ गरेको हो । किशोरीलाई बलात्कार गरेको खुलासा भएपछि रानालाई स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए ।

आरोपितविरुद्ध सोमबार जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले बताए

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।