ठेक्का लिएर समयमा काम नगर्ने १० कम्पनी कालोसूचीमा,डेढ वर्ष वर्षसम्म सार्वजनिक खरिदमा भाग लिन नपाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ठेक्का लिएर काम अलपत्र पार्ने  १० कम्पनीलाई कालोसूचीमा राखेको छ । ठेक्का सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार एक सूचना जारी गर्दै  १० निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।

कार्यालयले ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम १ देखि डेढ वर्षका लागि कालोसूचीमा राखेको हो ।

कार्यालयले देवेन्द्र तेल उद्योग, वीरजन्ज, धर्यता निर्माण कम्पनी, रामकृष्ण/रक्तकाली पावर क्वालिटी जेभी, पृथ्वी कन्स्ट्रक्शन, रन्नुभन्नु कन्स्ट्रक्शन एण्ड सप्लायर्स, राज कन्स्ट्रक्शन, सानोभरी निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखेको छ ।

त्यसैगरी, प्यासेफिक कन्स्ट्रक्शन एण्ड कन्सल्टेन्सीलाई १ अर्ब ३ महिना र लामा/च्याङमिला/सुन्दरी जेभीलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कालोसूचीमा परेका कम्पनीले अब तोकिएको अवधिमासम्म सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउनेछैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तर हुने कार्यालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।