काठमाडौं । नेपालको तीन दिने भ्रमणका लागि चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष (सभामुख) ली चान्सु नेपाल आइपुगेका छन् ।
९६ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी सोमबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।
उनलाई स्वागत गर्न सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना विमानस्थलनमा नै पुगेका थिए।
आजै लीले सभामुख अग्नि सापकोटासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ। बेलुका ५ बजे संसद् भवनमा उनीहरुबीच भेटवार्ता हुने बताइएको छ।
Comment