स्विडेनको संसदीय निर्वाचनमा विपक्षी गठवन्धनलाई अग्रता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्विडेन ।   स्विडेनमा भएको संसदीय निर्वाचनमा विपक्षी दलहरुको गठवन्धन ‘ब्ल्यु ब्लक’ले अग्रता लिएको छ । सोमबार विहानसम्मको विवरणअनुसार विपक्षी गठवन्धनले ४९.७ प्रतिशत मत प्राप्त गरेको देखिएको छ। अहिलेसम्मको अवस्थाले विपक्षी दलहरुको गठवन्धन नै थोरै मतअन्तरले विजयी हुने देखिएको छ।

‘ब्ल्यु ब्लक’को नामले चिनिने विपक्षी गठवन्धन अन्तर्गत मोडेरेट पार्टी, क्रिश्चियन डेमोक्रयाट्स, लिवरल पार्टी र स्विडेन डेमोक्रयाटस् पार्टी रहेका छन् । त्यसैगरी रेड ब्लकको नामले चिनिने सत्तारुढ गठवन्धनले भने ४८.८ प्रतिशत मत प्राप्त गरेको छ । त्यस अन्तर्गत सोसल डेमोक्रेटिक पार्टी, लेफ्ट पार्टी, ग्रिन पार्टी र सेन्टर पार्टी रहेका छन् । 

यी मध्ये सबैभन्दा धेरै सोसल डेमोक्रेटिक पार्टीले मत ल्याएको छ भने दोस्रो धेरै स्विडेन डेमोक्रेट्स र तेस्रो धेरै मोडेरेट पार्टीले मत प्राप्त गरेका छन् । उनीहरुले क्रमशः ३०.५ प्रतिशत, २०.७ प्रतिशत र १९ प्रतिशत मत प्राप्त गरेको छन् । 

निर्वाचन आयोगले अहिलेसम्म ९२ प्रतिशत मत गणना भइसकेको जनाएको छ । अहिलेसम्म विपक्षी गठवन्धनले  एक सय ७६ सिटमा र सत्तारुढ गठवन्धनले  एक सय ७३ सिटमा जित हासिल गरेको छ । स्विडेनको संसदमा  तीन सय ४९ जना सांसद रहने व्यवस्था छ। 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।