नेविसंघले विघटन गर्‍यो त्रिवि समिति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालय नेविसंघ समिति विघटन गरेको छ। सोमबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै क्याम्पसका सबै समिति विघटन गरिएको जानकारी दिएका छन् ।

नेविसंघले लामो समयदेखि विश्वविद्यालय क्याम्पसमा अधिवेशन हुन नसकेको र सक्रिय विद्यार्थीहरु राजनीतिबाट बञ्चित हुन परेका कारण तत्काल अधिवेशन गर्नेगरी हालको समिति विघटन गरिएको बताएको छ । ‘संगठनलाई एकढिक्का बनाइ थप सशक्त र संगठित गर्नुपर्ने दायित्व केन्द्रीय समितिको रहेको हुनाले सोही बमोजिम त्रिविमा सक्रिय साथीहरूसँगको निरन्तर छलफल संवाद र अन्तरक्रियाको मर्मअनुसार यथाशीघ्र नेविसंघ त्रिवि समितिको अधिवेशन गर्नुपर्ने देखिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

अध्यक्ष शेर्पाले क्याम्पस समिति विघटन गरिएकाले कीर्तिपुरमा अबदेखि कुनैपनि सांगठनिक गतिविधि नगर्न समेत चेतावनी दिएका छन् । ‘अब उप्रान्त केन्द्रीय समितिको परिपत्र, समन्वय तथा निर्देशन बिना त्रि.वि समितिको रिक्ततको समयमा कुनैपनि सांगठनिक गतिविधि एवम् नियम विपरितका क्रियाकलापहरु नगर्न÷नगराउन अनुरोध गर्छु,’ विज्ञप्तिमा भनिएको छ ।

कीर्तिपुर क्याम्पसमा आतंक मच्चाएको भन्दै नेविसंघ विवाद तानिँदै आएको छ । नेविसंघका हरि आचार्य र योगेन्द्र रावल समूहले क्याम्पस तोडफोडदेखि अध्यापकमाथि सांघातिक आक्रमण गरेको आरोप छ । उनीहरुमाथिको मुद्दा अदालतमा विचाराधिन छ ।

कीर्तिपुर क्याम्पसमा नेविसंघको कृयाकलापबारे संसदमा पनि कुरा उठेपछि प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उनीहरुमाथि कारवाही गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका थिए 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।