स्थानीय तह चुनावको खर्च विवरण नबुझाउनेलाई उम्मेदवार बन्न रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनमा खर्च विवरण नबुझाउने उम्मेदवारले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न नपाउने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा  स्थानीय तह चुनावका १ लाख १५ हजार उम्मेदवारले खर्च विवरण नबुझाएकाले कारबाही गरिने उनको भनाइ छ।

उनीहरूलाई ५ लाख रुपैयाँ जरिमाना र ६ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी कारबाही गर्न सकिने उनले बताए। ‘कारबाहीमा परेपछि २–३ असोजमा हुने समानुपातिक बन्दसूचीमा रहन मिल्दैन। २३ असोजको प्रत्यक्षमा उम्मेदवार मनोनयन हुँदैन,’ थपलियाले भने।

स्थानीय तह चुनावमा खर्च विवरण नबुझाउनेमाथि कारबाहीको निर्णय सोमबार नै  गरिने उनले जानकारी दिए। ‘कारबाहीमा परेपछि समानुपातिक र प्रत्यक्षमा उम्मेदवार हुन आए आयोगले फर्काइदिन्छ,’ उनले भने ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।