श्रीलंकालाई हराउँदै साफ यू-१७ को फाइनल पुग्ने लक्ष्यमा नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । श्रीलंकामा जारी यू-१७ साफ च्याम्पियनसिप नेपालले आज सेमिफाइनलमा आयोजक टिम श्रीलंका विरुद्ध खेल्दै छ। कोलम्बोको रेस कोर्स मैदानमा नेपाल र श्रीलंकाबीचको खेल बेलुका ८:१५ बजेबाट सुरु हुनेछ।

प्रतियोगितामा राम्रो प्रदर्शन गरेको नेपाललाई उपाधिको मुख्य दाबेदार टिम मानिएको छ। समूह बी मा रहेको नेपाल शतप्रतिशत नतिजाका साथ सेमिफाइनलमा स्थान बनाएको हो। नेपाल रहेको समूहमा बलियो टोली भारत र भुटान थियो। नेपालले पहिलो खेलमा भुटानलाई २-१ र दोस्रो खेलमा बलियो मानिएको भारतलाई ३-१ ले पराजित गरेको थियो। 

सेमिफाइनलको अर्को खेलमा भारत र बंगलादेश एकआपसमा खेल्दै छन्। भारत समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो भने बंगलादेश समूह ए को विजेता भएर सेमिफाइनलमा स्थान बनाएको हो।

नेपाली टिमः 

गोलकिपर: कृषाल मोक्तान, समीर चन्द, रुविन बोगटी

डिफेन्डरः अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दीपक थापा मगर, निशान्त तामाङ, युनिष मगर, विक्रम तामाङ, प्रितम कार्की, धीरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्षाम, मिराक लिङ्देन, सरोज दरलामी, हरिसराज भट्ट, लच्छु थापा

फरवार्डः नीरज कार्की, धनसिंह विक, विनोद केसी, सिजल राई, सुवास बम

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।