सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो । 

अदालतको अनुमतिसँगै प्रहरीले सन्दीपलाई कुनैपनि बेला पक्राउ गर्न सक्छ । सन्दीप अहिले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेस्ट इन्डिजमा छन् । उनी लिग सकिएपछि मात्रै नेपाल आउने बताइएको छ । लामिछानेविरुद्ध मंगलबार एक नाबालिकाले बलात्कारको जाहेरी दिएकी थिइन् । त्यसबारे अनुसन्धानका लागि उनलाई पक्राउ गर्न प्रहरीले अदालतको अनुमति मागेको थियो । सोही अनुसार अदालतले बिहीबार अनुमति दिएको हो । 

प्रहरीले पीडित किशोरीको स्वास्थ्य परीक्षण तथा प्रारम्भिक अनुसन्धान जारी राखेको छ । पीडित किशोरीले सन्दीपले आफूलाई दिनभरी नगरकोट घुमाएको र राती काठमाडौंको एक होटलमा लगेर बलात्कार गरेको बताएकी छन् । प्रहरीले काठमाडौं र नगरकोटको होटलका सिसीटिभी फुटेज संकलन गरिसकेको छ । फुटेजमा सन्दीप किशोरीसँगै देखिएको प्रहरीले जनाएको छ । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।