भलिबल संघको अध्यक्षमा जितेन्द्रबहादुर चन्द निर्वाचित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)को अध्यक्षमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन्। बिहीबार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन्।

निर्वाचनमा चन्दको प्यानल नै विजयी भएको छ। पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याउँदा मास्केले ५० मत प्राप्त गरे।

यस्तै, महासचिव पदमा चन्द समूहकै रोशनकुमार श्रेष्ठ निर्वाचित भए। श्रेष्ठले ८५ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए। निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।