एक हजार रुपैयाँका ४३ करोड थान नोट छाप्न राष्ट्र बैंकले खुलायो टेण्डर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ ४३ करोड वटा नोट छपाइका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ।

राष्ट्र बैंकले मंगलवार सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक खरिद नियमावलीले गरेको व्यवस्था बमोजिम अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको हो।

बोलपत्रमा सहभागी हुनका लागि ४६ दिनभित्र बोलपत्र पेश गर्न बैंकले आह्वान गरेको हो । साथै बैंकले बोलपत्र पेश गर्दा ४ करोड १५ लाख रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था मिलाएको छ ।

बोलपत्र पेश गर्दा २० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने जनाएको छ । छनौट भएका कम्पनीले १२० दिनभित्र नोट उपलब्ध गराउनुपर्ने छ ।

राष्ट्र बैंकले यसअघि छनौट गरिसकेको १० वटा अन्तर्राष्ट्रिय कम्पनीले मात्र यस बोलपत्र प्रस्ताव पेस गर्न सक्नेछन्। गत वर्ष नै राष्ट्र बैंकले नोट छाप्नका लागि निवेदन पेस गरेकामध्ये १० वटा कम्पनीलाई योग्य रहेको भन्दै छनौट गरी सूची सार्वजनिक गरेको थियो।

जसमा भारत, चीन, स्विट्जरल्यान्ड, कोरिया, रसिया, यूके, जर्मनी, फ्रान्स, ब्राजिल र स्विडेनका कम्पनीहरु छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।