काठमाडौ । श्रममन्त्री शेरबहादुर कुँवर हिरा लुटपाट आरोपीको जन्मदिनको पार्टीको अतिथि बनेर पुगेका छन् ।
प्रतिष्ठित व्यक्तिको गोपनीय गतिविधिको भिडियोको आधारमा सात करोड बार्गेनिङ गर्दै धम्क्याएको आरोपमा पक्राउ परेर धरौटीमा छुटेका सुजन आचार्यको जन्मदिन बनाउन पुगेका हुन् ।
ल्यापटप बनाउन दिएको स्थानबाट लिक भएको भिडियो क्लिपको आधारमा सात करोड माग्दै धम्क्याएको घटनामा उनी सहितको समूहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर अनुसन्धान गरेको थियो। यो केसमा उनी धरौटीमा छुटेका छन्।
यस्तो आपराधिक पृष्ठभूमि भएका व्यक्तिको जन्मदिनको पार्टीमा गएर श्रममन्त्री कुँवरले युवा व्यवसायी भन्दै उनको प्रशंसा गरे।
Comment