काठमाडौं–२ बाट तरुण नेता शाही सिफारिस, यस्तो छ राजनीतिक योगदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी मंसिरमा हुने आम निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर २ को प्रदेश शभा क बाट तरुण नेता दिनेश विक्रम शाहको नाम सिफारिस भएको छ। 

काठमाडौंको निर्वाचन क्षेत्र नम्बर २ को समितिले प्रदेश ‘क’ मा नेपाल तरुण दल काठमाडौंका सचिव समेत रहेका नेता शाहको नाम सिफारिस गरेको हो । 

काङ्ग्रेसकाे १२ औँ महाविधेशनबाट पार्टीको क्रियाशिल सदस्य  रही  विगतमा इकाई सदस्य , उपाध्यक्ष हुँदै ४ओैँ महाअधिवेशनबाट  तरुण दलकाे  जिल्ला सचिव बनेका  उनी  २०५९ सालदेखि राजनीतिमा निरन्तर सक्रिय रहेका छन् ।

राजनीति बाहेक पत्रकारितासँगै समाजसेवामा समेत उत्तिकै सक्रिय शाह हरेक आन्दोलनमा सरिक हुने गरेका छन् । 

लामो समय फोटो पत्रकारको रुपमा समेत काम गरेका थिए शाहीले । 

विभिन्‍न सामाजिक काममा सक्रिय शाहले कोरोना महामारीको समयमा घरघरमै स्वास्थ्य उपकरणहरु पठाउनेदेखि वर्षातमा सडक पूर्वाधार सुधारका लागि पनि काम गरेरहेका छन्। 

काठमाडौंमा हुने विभिन्न आन्दोलनमा पटकपटक प्रहरीको हिरासतमा पुगेका शाही आगामी निर्वाचनमा पार्टीले आफ्नो योगदानको कदर गर्नेमा ढुक्क छन् । साथै पार्टीले युवा नेतृत्वलाई अघि सार्ने क्रममा शाही पहिलो प्राथमिकतामा पर्ने उनी निकटहरु बताउँछन् ।  

उनीसँगै पूर्व महाधिवेशन प्रतिनिधि अर्जुन पराजुली, प्रदेश सभापि धुव्र केसी, धुव्र केसी, वसन्त घिमिरे, विप्लव अधिकारी, शिला रिजा पराजुली, शिक्षित पराजुली र हिमाल घिमिरे सिफारिस भएका छन्। 

त्यसैगरी प्रदेश सभाको समानुपातिकतर्फ अमृत कार्की, कृष्णबहादुर केसी, चन्द्रज्योति खतिवडा, छत्रबहादुर कार्की, दोर्णा खड्का, बैकुण्ठ केसी, राजकुमार लामा, शाकिर उद्दिन, शुशिला चाम्लिङ, सरोजा सापकोटा, सुना परियार र सुनिल गौतम सिफारिस भएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।