बैंकहरुको निक्षेपमा सुधार, एकैपटक थपियो ११ अर्ब ३० करोड रुपैयाँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दसैँ, तिहार, छठ लगायतका चाडपर्वहरू नजिकिएसँगै वाणिज्य बैंकहरूको निक्षेपमा सुधार आएको छ । 

असार मसान्तपछि निरन्तर घट्दै गएको बैंकहरुको निक्षेपमा चाडपर्वहरू नजिकिएसँगै रेमिट्यान्स आउने क्रम बढ्दा  सुधार आएको हो। 

नेपाल बैंकर्स संघका अनुसार भदौंको तेस्रोसाता  गत साताभन्दा ११ अर्ब ३० करोड रुपैयाँ निक्षेप थपिएको बैंकर्स संघले जनाएको छ। 

भदौको दोस्रो सातामा ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप  तेस्रोसातामा  ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ । भदौ पहिलो सातामा भने उक्त निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँमै सीमित थियो ।

त्यस्तै, समीक्षा अवधिमा कर्जा लगानी पनि एक अर्ब रुपैयाँले बढेको छ । अघिल्लो साता ४१ खर्ब ८० अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी बढेर ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ ।

निक्षेप बढेसँगै कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढेर ८८.२५ प्रतिशतमा झरेको छ । अघिल्लो साता उक्त रेसियो ८८.४२ प्रतिशत थियो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।