सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ श्रेष्ठको नयाँ कार्यकाल सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमााडौँ । सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको नयाँ कार्यकाल सुरु भएको छ । ५ भदौमा बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई थप ४ वर्षका लागि सीईओमा नियुक्त गरेको थियो । यसअघि पनि श्रेष्ठ नै बैंकका सीईओ थिए ।

यसै अवसरमा बैंकले सांग्रिला कस्टमर केयर समेत सुरु गरेको छ । ग्राहकको जिज्ञासा, गुनासा र सुझावलई ग्रहण गर्न बैंकले उक्त कस्टमर केयर सुरु गरेको जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालयहरु, ३१ एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।