खप्तड लघुवित्तको आइपीओ बाँडफाँड, यसरी हेर्नुहोस् नतिजा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सोमबार बिहान आईपीओ बाँडफाँट भएको हो।

लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।

जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो। बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरिएको हो ।

लघुवित्तको आईपीओमा १८ लाख ८३ हजार ११८ आवेदन परेको क्यापिटलले जनाएको छ। जसमध्ये १७ लाख ८४ हजार ६२५ जनाको आवेदन स्वीकृत भएको छ भने बाँकी अस्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये १२ हजार ३४० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट  र खप्तड लघुवित्त वित्तीय संस्थाको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।