गोकुल बास्कोटा काभ्रे २ बाट सर्वसम्मत उम्मेदवार सिफारिश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे । नेकपा (एमाले)ले काभ्रेका दुवै क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिश गरेको छ।

एमालेको क्षेत्रीय कमिटीले प्रतिनिधिसभा क्षेत्र नं १ का लागि दुई महिलासहित ६ उम्मेदवार सिफारिश निर्णय गरेको छ। जसमा नवीना लामा, अम्बुभवानी कार्की, चन्द्र लामा, नारायण पाण्डे, कुलचन्द्र अधिकारी र रेशम लामा रहेका छन्।

त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं २ का लागि गोकुलप्रसाद बाँस्कोटालाई सर्वसम्मत उम्मेदवार सिफारिश गरिएको छ। यस निर्वाचन क्षेत्रअन्तर्गतका दुई प्रदेशसभा क्षेत्रमा पनि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिश भइसकेको पार्टी जिल्ला सचिव राजन भुर्तेलले जानकारी दिए।

उनका अनुसार आजदेखि प्रतिनिधिसभाका दुई र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा सामनुपातिकतर्फका उम्मेदवार सिफारिशका लागि छलफल गरिनेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।