नुवाकोट । नेपाली कांग्रेस नुवाकोट प्रदेश क्षेत्र नम्बर २ ‘क’ ले युवा नेता जयराम दाहाललाई प्रदेश सांसदको उम्मेदवार बनाउन माथिल्लो तहमा सिफारीस गरेको छ।
प्रदेश समिति र त्यस क्षेत्रका महाधिवेशन प्रतिनिधहरूको बैठकले प्रदेश २ ‘क’मा प्रत्यक्ष निर्वाचन लड्न महाधिवेशन प्रतिनिधि समेत रहेका दाहाललाई सिफारिस गरेको हो ।
लामो समय नेपाली कांग्रेसको राजनितिमा सक्रिय रहेका दाहाल पछिल्लो समय जिल्लाको विकास निर्माणको काममा क्रियाशील छन् ।
केन्द्रीय तह देखि स्थानिय तहसम्मका सबै नेताहरूसँग राम्रो पहिचान बनाएका दाहाललाई जिल्लाको समग्र विकासका लागि पनि सांसद बनाउनु पर्ने लबिइङ भइरहेको छ।
दाहालले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका हुन् । २०५५ मा साबिक जिलिङमा रहेको कल्याणी देवी माध्यामिक विद्यालयमा इकाइ अध्यक्ष बन्दै राजनीतिमा थप सक्रिय बनेका उनी २०५७ मा साबिक क्षेत्र नं १ को क्षेत्रीय सदस्य हुँदै २०६१ सालमा सोही क्षेत्रबाट नेविसंघको क्षेत्रीय सभापतिमा निर्वाचित भएका थिए ।
रत्नराज्य क्याम्पसमा पढ्दै गर्दा विभिन्न जिम्मेवारीमा रहेर काम पनि गरे ।
नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशन बाट नेविसंघको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने पार्टीको १४औँ महाधिवेशनमा नुवाकोट क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका ब्यक्ति दहाल हुन् ।
उनले राजनीति शास्त्रमा मास्टर्स र एल एल बि पास गरेका छन।
Comment