हर्क साम्पाङको चेतावनी-‘फेसबुकमा गाली गर्नेलाई पक्राउ पूर्जी जारी गरिनेछ, मुद्दा चलाइनेछ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आलोचकलाई पक्राउ गर्ने चेतावनी दिएका छन् । फेसबुकमा धेरै स्टाटस लेखेर आलोचित साम्पाङले आलोचकलाई गाली गर्नेलाई पक्राउ पुर्जी जारी गरिने चेतावनी दिएका हुन् ।

उन केहीबेर अघि स्टाटस लेख्दै भनेका छन्, ‘फेसबुकमा गाली गलौच गर्ने जतिलाई पत्ता लगाएर पक्राऊ पुर्जी जारी गरिनेछ ! अनि मानहानि र गाली बेइज्जतीको मुद्दा चलाइनेछ ! यो देशमा एउटा सरकार पनि छ भन्ने नभुल्नु !’

हरेक कुरा फेसबुकमा लेख्ने गरेका उनी पछिल्लो समय आलोचना खेपिरहेका छन् । सोमबारमात्रै सामाजिक सञ्जालमा अभद्र र असभ्य टिप्पणी गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट विद्यार्थी सङ्गठनले मेयर साम्पाङको राजीनामा मागेको थियो ।

केही दिनअगाडि अगाडी धरानका मेयर साम्पाङले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहप्रति लक्ष्य गर्दै इन्जिनियरहरूलाई कटाक्ष गरेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।