काठमाडौं महानगरले भत्कायो भोटाहिटीको ‘सब–वे’माथिको अवैध संरचना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरले भोटाहिटी क्षेत्रमा बनेको अवैध संरचना भत्काउन थालेको छ।

नगर प्रहरीको टोलीले आज भोटाहिटीमा अवैध संरचना भत्काउने काम सुरु गरेको हो। भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले भत्काएको छ।

महानगरले अवैध संरचना हटाउने अभियान जारी राखेको छ। महानगरले यसअघि कोटेश्वर,बानेश्वर, न्युरोडलगायत क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना भत्काएको थियो।

मेयर बालेन अहिले फिल्डमा खटिएका छैनन् । डोजरसहित नगर प्रहरीलाई स्ट्यानबाई राखेका छन् ।

काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले अनधिकृत संरचना हटाउन महानगरले कार्यकारिणी अधिकार प्रयोग गरेको बताएका छन् । बालेनले अनधिकृत निर्माण तथा प्रयोजनको रोकथाम तथा नियन्त्रणका लागि कार्यकारी अधिकार प्रयोग गरेको बताएका हुन् ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।