श्रमदान नगर्ने विद्यार्थीलाई अनुत्तीर्ण हुने नियम लागू गर्ने मेयर साम्पाङको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदान नगर्ने विद्यार्थीलाई अनुत्तीर्ण हुने नियम लागू गर्ने चेतावनी दिएका छन् ।  उनले सामाजिक सञ्जालमार्फत् विद्यार्थीलाई यस्तो चेतावनी दिएका हुन्  ।

उनले भनेका छन्, ‘ धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उत्तीर्ण नहुने नियम लागु गरिनेछ !’ उनको यो धम्कीपूर्ण भाषाप्रति सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

बालबालिकालाई उत्तीर्ण नहुने नियम लागू गराउने धम्की दिएर बालबालिकामाथि मानसिक तनाव नदिनसमेत मेयर साम्पाङलाई सुझाव दिएका छन् ।

यस्तै मेयर साम्पाङले अर्को स्टेटस लेख्दै धरान नगरको विकासको लागि कक्षा ९, १०,११ र १२ कक्षामा पढ्ने प्रत्येक विद्यार्थीले कम्तीमा वर्षको ७ दिन सकेको श्रम गर्नुपर्ने बताएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।