हिमालयन र बीओके फिर्ता पाए १० वर्षदेखि मेलम्चीमा डुबेको पैसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले चीनमा मुद्दा जितेका पैसा फिर्ता पाएका छन् ।

मेलम्ची खानेपानी आयोजनासँग ठेक्का तोडेपछि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी बसेका हिमालयन बैंक र बैंक अफ काठमाण्डूलाई काउन्टर ग्यारेन्टी दिएको पैसा फिर्ता पाएका हुन् ।

उक्त जमानतसम्बन्धी परेको भुक्तानी मुद्दा यी दुई नेपाली बैंकले जितेका थिए ।

मुद्दा जितेसँगै बीओकेको करिब १ अर्ब (६६ लाख २५ हजार डलर र १४ लाख ११ हजार यूरो) र हिमालयनको करिब ८० करोड (६६ लाख डलर) रुपैयाँ काउन्टर ग्यारेन्टी वापतको रकम फिर्ता पाएका छन् ।

ग्यारेन्टी बसेको रकम चिनियाँ बैंकले नदिएपछि दश वर्षदेखि यी बैंकको करिब डेढ अर्ब रुपैयाँ फसेको थियो।

दश वर्षअघि मेलम्ची आयोजनाको निर्माण ठेक्का पाएको ठेकेदार चाइना रेलवे १५ ब्युरो ग्रुपको ग्यारेन्टरका रूपमा चाइना कन्स्ट्रक्सन बैंक कर्पोरेसन (सिसिबी) रहेको थियो।

मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित जमानतमा भएको नोक्सानी असुलउपरको मुद्दा चीनको अदालतमा सुनुवाइ भइरहेको थियो। यसका लागि दुवै बैंकले आफ्ना प्रतिनिधिहरु चीन पठाएका थिए।

१० वर्षदेखि विभिन्न तहका अदालतहरुमा निरन्तर बहस चलेको थियो। हरेक पटक बैंकहरुको पक्षमा फैसला आए पनि माथिल्लो तहमा जाने कारणले फिर्ता हुन सकेको थिएन।

दुई वर्षअघि पनि दुवै बैंकले मुद्दा जितेका थिए। तर त्यसबेला मुद्दा हारेको पक्षलाई माथिल्लो अदालतमा जाने बाटो बाँकी थियो। अब भने माथि जाने बाटो छैन।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।