वैदेशिक व्यापार ओरालो, एक महिनामै १ खर्ब १६ अर्ब बढीको व्यापार घाटा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिनामा कूल वस्तु आयात झण्डै १३ प्रतिशतले घटेको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको गत साउन महिनाको विवरणअनुसार कूल आयात १२ दशमलव ९० प्रतिशतले घटेको छ ।

यस्तै, सोही महिनामा कूल वस्तु निर्यातसमेत २८ दशमलव ६८ प्रतिशतले ओरालो लागेको छ । विभागका अनुसार गत साउन महिनामा एक खर्ब ३१ अर्ब २८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । गत वर्षको सोही अवधिमा नेपालले एक खर्ब ५० अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात गरेको थियो ।

गत वर्षको साउनमा नेपालले २० अर्ब ७६ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेकामा चालु आवको सोही महिनामा १४ अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात गरेको तथ्याङ्कमा समावेश छ ।

गत साउन महिनामा कूल एक खर्ब १६ अर्ब ४७ करोड रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । गत वर्षको सोही महिनामा नेपालले एक खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ बराबरको व्यापारघाटा सहेको थियो ।

समीक्षा अवधिमा कूल एक खर्ब ४६ अर्ब नौ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । विसं २०७८ को साउनमा मुलुकले एक खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । विभागका अनुसार वस्तु आयातबाट ३१ अर्ब ९६ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।