बन्दको अवज्ञा गरेको भन्दै कोटेश्वरमा सार्वजनिक बस तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बन्दको अवज्ञा गरेको भन्दै चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चा कार्यकर्ताले काठमाडौंको कोटेश्वरमा एक सार्वजनिक सवारी तोडफोड गरेका छन् ।

आज बिहान ४ दलीय मोर्चाको नेपाल बन्दको क्रममा बिहान साढे ६ बजे बन्दकर्ता ५ जनाको समूहले एक्कासि महानगर यातायातको बा ४ च ९३९४ नम्बरको बस तोडफोड गरेको हो ।

कोटेश्वरबाट बालकुमारीतर्फ जाँदै उक्त बसमाथि राष्ट्रिय बाणिज्य बैंक अगाडि गाडीमा ढुंगा प्रहार गरी सिसा फुटाएर भागेको काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।