राजकीय सम्मानका साथ प्रदीप गिरिको अन्त्येष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।

आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

७५ वर्षको उमेरमा शनिबार राति ललिपुरस्थित मेडिसिटी अस्पतालमा क्यान्सरपीडित गिरिको निधन भएको थियो ।

आइतबार बिहान अस्पतालमा र दिउँसो कांग्रेस मुख्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलिपछि शवयात्रा निकालिएको थियो ।

गिरिलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री शेरबहादुर देउवा,
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री बालकृष्ण खाँण, अरु
मन्त्री, सांसद र सर्वसाधारण आर्यघाट पुगेका थिए ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।