कांग्रेस नेता गिरिको अन्त्येष्टि आजै,श्रद्धाञ्जलीका लागि मेडिसिटी र सानेपामा शव राखिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभाका सांसद प्रदीप गिरिको आज आइतबार अन्त्येष्टी गरिने भएको छ । गिरिको आजै अन्त्येष्टी गरिने नेपाली कांग्रेसले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै गिरिको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने जानकारी दिएको छ ।

अन्त्येष्टि अघि अन्तिम श्रद्धाञ्जलीका लागि स्वर्गिय गिरिको पार्थिव शरीर आज विहान ९ बजे देखि ११ बजेसम्म मेडिसिटी अस्पताल, ललितपुरको शिवालयमा राखिने छ ।

त्यसपछि साढे ११ बजे देखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपामा राखिने छ ।

गिरिको शनिबार राती ९:३० बजे अस्पतालमा निधन भएको हो ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।