कलंकीको खसी बजार हटाउन महानगरको निर्देशन, व्यवसायीले आफैं वैकल्पिक व्यवस्था गर्नुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको छ ।

महानगरले बिहीवार सूचना जारी गर्दै बल्खुस्थित खसी बजार हटाउन निर्देशन दिएको हो ।

वडा नम्बर १४ मा पर्ने भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको खसी बजारका कारण नदी प्रदूषण भएको, छरछिमेकलाई बाधा परेको र फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर परेको भन्ने उजुरी आएकोले हटाउन लागिएको  सूचनामा उल्लेख छ।

भाटभटेनीसँगै बल्खु खोलामा जोडिएको ७–८–०–० जग्गामा खसी बजारले  गम्भीर असर परेको भन्दै स्थानीयले गुनासो गर्दै आएका थिए ।

वातावरण सम्बन्धी अध्ययन प्रतिवेदनले उक्त स्थानमा खसी बजार सञ्चालन गर्दा वरपरको वातावरणमा गम्भीर असर पर्ने, नदी प्रदूषण हुने र फोहोर मैलाबाट जटिल समस्या सिर्जना भइरहेको औंल्याएको छ ।

१५ दिनभित्र उक्त जग्गामा खसी बजार सञ्चालन गर्ने व्यवसायीहरूले आफैं वैकल्पिक व्यवस्था गरी खसी बजार हटाउन निर्देशन दिएको महानगरपालिकाले अन्यथा कानुन अनुसार हटाइने चेतावनी दिएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।