रुपन्देही। बुटवलका एक जना पत्रकार बसन्त पोखरेलको निधन भएको छ ।
मंगलबार बिहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो । प्रगतिशील पत्रकार पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो। प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन्।
वि.सं. २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन्। हाल बुटवलको बुटवल टुडे दैनिकमा सम्पादकको जिम्मेवारीमा कार्यरत पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापको रोगी थिए। पोखरेल प्रेस सेन्टर नेपाल रुपन्देहीका सल्लाहकार थिए।
Comment