नबिल बैंकद्धारा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका–२१, खोकनामा डिजीटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम विशेषत स्थानीय क्षेत्रको कृषि प्रवर्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तीय साक्षरता प्रर्वधनमा केन्द्रित रहेको थियो । बैंकले नबिल दिगो बैंकिङको विभिन्न आयामहरु, डिजिटल बैंकिङ, क्यूआर कोड र अन्य सेवा सुबिधाहरुको बारेमा विशेष प्रस्तुती दिएको थियो ।

नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले युवा र महिलाहरुको उद्यमशिलता विकास र रोजगारी सिर्जनामा सहयोग गरि दिगो समाजको निर्माण गर्न नबिल बैंक सधै तत्पर रहेको बताए ।

त्यस्तै ललितपुर महानगरपालिका वडा न. २१, खोकनाका वडा अध्यक्ष रबिन्द्र महर्जनले यस कार्यक्रमको लागि धन्यबाद ज्ञापन गर्दै खोकना वरपर उद्यमशीलता विकास गर्न नबिल बैंकसंग हातेमालो गर्ने बताए।

त्यस्तै, नबिल बैंक प्रादेशीक प्रमुख रोशन कोइरालाले उद्यमशीलता विकास र वित्तीय पहुँच प्रबर्धनमा नबिल बैंक स्थानीय निकायसंग सहकार्य गर्न सधै तत्पर रहेको बताए । नेपाल सरकारले अवलम्बन गरेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवसको दिन नबिलले दिगो बैंकिङको सुरुवात गरेको हो ।

सुरुमा १७ वटा शाखाबाट सुरु गरेको दिगो बैंकिङ बैंकले हाल १०० शाखामा विस्तार गरेको छ । दिगो बैंकिङ अन्र्तगत किसान कर्जा र उद्यमशील कर्जा मार्फत ५०० भन्दा बढी उद्यमीलाई ५५ करोड भन्दा बढी कर्जा प्रवाह गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।