मर्जरसम्बन्धी प्रारम्भिक मस्यौदा सार्वजनिक, के-के छन् व्यवस्था ? (पूर्णपाठ)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गरेको छ।

बोर्डले धितोपत्र ऐन, २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग गरी धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ४३ कको प्रयोजनका लागि यो निर्देशिका तयार पारेको हो।

प्रारम्भिक मस्यौदामा मर्जरको समयमा १५ दिन मात्रै कारोबार रोक्का हुने व्यवस्था गरेको छ। मर्जरपछि एकीकृत व्यवसायिक कारोबार गरेको मितिले बढीमा १५ कार्य दिन शेयर कारोबार रोक्का रहने व्यवस्था गरिएको हो।

तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।

योसँगै अब संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने निर्देशिकामा उल्लेख छ।

त्यस्तै, मस्यौदा अनुसार यसरी मर्जर तथा प्राप्तिमा जाने संस्थाहरूको सम्पत्ति दायित्व मूल्य‌‌कन प्रतिवेदन (ड्यू डिलिजेन्स अडिट) गरेपछि मात्रै संस्थाले सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) निर्धारण गर्नुपर्ने भएको छ।

यसरी निर्धारण गरिएको स्वाप रेसियो सम्बन्धित संस्थाहरुको सञ्चालक समितिबाट अनुमोदन गरेपछि मात्रै सार्वजनिक गर्न पाइनेछ। यस्तो स्वाप अनुपातको जानकारी सार्वजनिक हुनु अगावै कुनैपनि पक्षले यस सम्बन्धि सूचना तथा जानकारी चुहावट गर्न नपाइने भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।