यूईएफए सुपर कपको उपाधि रियललाई, बेन्जेमा बालेन डि’ओरको रेशमा बलियो दावेदार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यूईएफए सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।

बुधबार राति फिनल्यान्डको राजधानी हेलेसिन्की नजिकै रहेको हेलेसिन्की ओलम्पिक रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रांकफर्टलाई हराउँदै उपाधि जितेको हो।

रियल मड्रिडले फ्रान्कफुर्टलाई २–० गोलअन्तरले हराउँदै रियलले उपाधि जितेको हो।

रियलका लागि डिफेन्डर डेविड अल्वा र फरवार्ड करिम बेञ्जिमाले समान १–१ गोल गरेका थिए। खेलको ३७औं मिनेटमा अल्वाले गोल गरेपछि रियलले पहिलो हाफमै एक गोलको अग्रता बनाएको थियो।

जितसँगै रियल मड्रिडका फारवार्ड करिम बेन्जेमाले बेलोन डोरमा आफ्नो रेसलाई अझै बलियो बनाएका छन्। उनले ३२४ गोल पुरा गर्दै बालेन डि’ओरतर्फ अग्रसर भएका हुन्।

यसअघि कार्लो एन्सोलोटीको टिमले च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर क्लब लिभरपुललाई हराउँदै उपाधि जितेको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।