चन्द्रागिरि हिल्सको ‘एनिभर्सरी इभिनिङ अफर’: ५ बजेपछि केबलकार टिकटमा ५० प्रतिशत छुट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चन्द्रागिरि हिल्स प्रालिले ‘एनिभर्सरी इभिनिङ अफर’ ल्याएको छ । नेपाली ग्राकहरुलाई लक्षित गर्दै कम्पनीले यस्तो अफर ल्याएको हो ।

कम्पनीका यस अफर अनुसार बेलुका ५ बजेपछि केबलकारको टिकटमा ५० प्रतिशत छुट पाइने छ । बेलुका ५ बजेदेखि ९ बजेसम्म केबलकार चढ्नका लागि अब ३९९ रुपैयाँमै दुईतर्फी टिकट पाइने छ ।

हाल चन्द्रागिरि केबलकारको टिककटको मूल्य ७९९ रुपैयाँ छ । कम्पनीले सन्ध्याकालीन समयमा केबलकार चढ्न जाने यात्रुलाई ४०० रुपैयाँ छुट दिएको हो ।

साथै, ग्राकहले केबलकारको टिकट काट्दा १०० रुपैयाँको क्यास भौचर समेत पाउने छन् । कम्पनीका अनुसार यो अफर नेपाली नागरिकहरुका लागि मात्र लागू हुनेछ ।

यो अफर असोज ९ गते (सेप्टेम्बर २५ तारिख)सम्म लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले यही साउन १ गतेदेखि बेलुका पनि केबलकार सेवा संचालनमा ल्याएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।