प्रतिनिधि सभामा शपथ सम्बन्धी विधेयक छलफलका लागि प्रस्तुत गरिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ। 

आजको बैठकमा तथ्यांक विधेयकको दफावार छलफल पछि आजै पारित गर्ने कार्यसूची रहेको छ। त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ सम्बन्धी विधेयक दफावार छलफलका लागि प्रस्तुत गर्ने र पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। 

खानेपानी तथा सरसफाइ विधेयक, काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।