घास काट्न गएका वृद्धको भीरबाट लडेर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला । हुम्लाको दक्षिणी भेग अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा मंगलबार साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार गोठालोले उनको शव भेटाएका थिए।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।