नर्सिङ काउन्सिलको सेवा अनिश्चितकालका लागि बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।   नेपाल नर्सिङ काउन्सिलले साउन २२ गतेदेखि काउन्सिलबाट दिइने केही सेवाहरू उपलब्ध गराउन नसकिने जनाएको छ।  काउन्सिलले एक सूचना जारी गर्दै अस्थायी प्रमाणपत्र वितरण लगायतका काम अनिश्चितकालका लागि स्थगित गरेको हो।

काउन्सिलले सेवा स्थगित गर्नुको कारण भने खुलाएको छैन। सूचना अनुसार काउन्सिलले विशेष कारणले अस्थायी प्रमाण(पत्र वितरण, नाम दर्ता परीक्षामा उत्तीर्ण भएकाहरुलाई जारी गर्ने प्रमाणपत्रहरू नवीकरण, प्रतिलिपि भेरिफिकेशन सम्बन्धी सेवाहरू साउन २२ देखि उपलब्ध गराउन नसकिने जनाएको हो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।