प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि एमालेले दल दर्ता गर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका निम्ति दल दर्ता गरेको छ। मंगलबार निर्वाचन आयोगमा पुगेर एमालेले १० औं नम्बरमा दल दर्ता गराएको हो। 

दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । संविधानको धारा २७१  र राजनीतिक दलसम्बन्धी ऐन, २०७४ को दफा १९ बमोजिम आयोगमा दर्ता दर्ताका लागि आवश्यक कागजातसहित निवेदन दिइएको उपमहासचिव ज्ञवालीले जानकारी दिए । 

 दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए ।  उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र बुझाएपछि आयोगले १० औं  नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।

आयोगमा हालसम्म सीके राउत नेतृत्वको जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी  दर्ता भएका छन् । 

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।