यस्तो छ प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन कार्यतालिका

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आगामी मंसिर ४ गते आइतबार हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले कार्यतालिका तयार गरेको छ।

आयोगको बैठकले कार्यतालिका स्वीकृत गर्दै असोज २३ गते उम्मेदवारी दर्ता गर्ने समय तय गरेको हो।

सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन गर्ने घोषणा गरेको छ। त्यसका लागि आयोगले साउन २२ गतेदेखि दल दर्ता शुरु गरिसकेको छ।

त्यस्तै, आयोगले असोज २६ गते उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने भएको छ। त्यसपछि असोज २८ गते मतपत्र छपाइ शुरु गर्ने कार्यतालिका रहेको छ।

प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहने भएको छ। त्यस्तै, ७७ वटै जिल्लामा पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ।

यसका लािग असोज ११ गते मुख्य निर्वाचत अधिकृत र निर्वाचत अधिकृत नियुक्त गरिने भएको छ। त्यसपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय र अधिकृतको कार्यालय स्थापना गर्नेे आयोगको तयारी छ।

मंसिर ४ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ। त्यसको ४८ घण्टाअघि मंसिर १ गते राति १२ बजेदेखि मौन अवधि शुरु हुनेछ। चुनावी प्रचारप्रसार गर्न पाइनेछैन।

मतदान सकिए लगत्तै आयोगले मतगणना गर्ने कार्यतालिका तय गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।