निशुल्क स्वास्थ शिविर सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल कोरिया कल्चरल एक्सचेन्ज (नेकोस)ले आज शनिवार निःशुल्क स्वास्थ्य शिविर व्यापक उपस्थिति एवं उल्लासपूर्ण रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको शुरुवात बुढानिलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो ।

नेकोसका अध्यक्ष यविन्द्र कुमार श्रेष्ठले शनिबारको शिविर समुदायका सबैको लागि खुल्ला रहेको थियो । उक्त शिविरमा सबै किसिमका स्थानीयहरुल वयस्कहरुको लागि मुटु जाँच एवं बालबालिकाहरुको लागि बालरोगलाई बढी जोड दिएको बताए । साथै शनिवारको स्वास्थ्य शिविरलाई सम्पन्न गर्न सहयोग पु¥याउने सम्पूर्ण सहयोगी संस्था एवंं व्यक्तिहरुलाई हार्दिक कृतज्ञता प्रकट गरे ।

कार्यक्रमका संयोजक तथा नेकोसका सहसचिव इन्द्र महराले कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङ, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नंं ९ कि अध्यक्ष सुमित्रा त्रिपाठी, वडा १० का अध्यक्ष नवराज भट्टराई, वडा ११ का अध्यक्ष राजु अधिकारी, एसएसपि भीम बुढाथोकी, कुवेर कँडेल लगायतका सामाजिक प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति एवं उल्लासपूर्ण वातावरणमा कार्यक्रम सञ्चालन हुनुले कार्यक्रमको औचित्यता पुष्टि भएको बताए ।

नेपाल कोरिया कल्चरल एक्सचेन्ज (नेकोस)को मुख्य आयोजना, मुटु बचाउँ नेपाल, सेन्ट जोन्स स्कुल लगायतका संस्थासँगको सहकार्यमा उक्त शिविर सम्पन्न भएको हो ।

कार्यक्रमको सहआयोजकको रुपमा शेयरिङ भिजन, फिलामेन्ट भोलिन्टेयर्स कप्र्स नेपाल, आराम फार्मेसी लगायतको समेत महत्वपूर्ण भूमिका रहेको थियो ।

शिविरमा विरामीहरुको चेकजाँच उप प्रा.डा सूर्य देवकोटा, डा. रमेश लामिछाने, प्रा.डा दिनेश प्रसाद कोइराला, डा. अनिल भट्टराई, डा. सरोज कार्की, डा. सरोज चौधरी लगायतले गर्नुभएको थियो ।

स्वास्थ्य सेवा समाजका हरेक व्यक्तिको लागि आवश्यक रहेको र स्वास्थ्य चेतना जागरण कार्यक्रमलाई समुदाय स्तरमा विस्तार गर्नको लागि यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भूमिका रहने कुरालाई विचार गर्दै आफूहरु स्वास्थ्य शिविर सञ्चालनको लागि सहकार्य गर्न तयार भएको विद्यालयका प्रिन्सिपल रुकेश तामाङले बताए ।

आफ्नो विद्यालयमा आगामी दिनमा पनि यस्ता समुदाय लक्षित सेवामूलक रचनात्मक क्रियाकलापहरु सञ्चालन गर्दै लैजाने योजनामा आफूहरु रहेको विद्यालयका प्रिन्सिलले बताए ।

फिलामेन्ट भलुन्टेयर्स कप्र्स नेपालका सचिव सुदर्शन बस्नेतले निःशुल्क स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य र रोजगारीको लागि आफूहरु निरन्तर क्रियाशिल रहेको बताए । आजको स्वास्थ्य शिविर पनि आफूहरुको कार्यक्रमको एउटा भाग रहेको बस्नेतले बताएका छन् ।

बस्नेतका अनुसार यस संस्थाले स्वास्थ्य शिविर सञ्चालन, मेडिकल किटहरु वितरण, विद्यालयमा ई–लाइबे्ररी निर्माण, कम्प्युटर ल्याब, स्कलरसिप लगायतका कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।