काठमाडौंमा भूकम्पको धक्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद् लोकविजय अधिकारीका अनुसार नुवाकोटको बेलकोटगढीलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्पको गएको हो।

काठमाडौं उपत्यकासहित नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, धादिङसहितका जिल्लामा केही सेकेन्ड कडा धक्का महसुस भएको छ। 

यसअघि गत आइतबार खोटाङको मात्तिमबिर्तालाई केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसबेला खोटाङ र छिमेकी भोजपुर ६ घर भत्किनुका साथै अन्य ५० घरमा क्षति पुगेको थियोे।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।