बाबुरामको समाजवादी पार्टीले बोलायो पहिलो बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल समाजवादी पार्टीले पहिलो बैठक बोलाएको छ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले शनिबार बस्ने गरी पार्टीको बैठक बोलाएका हुन् ।

निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी अद्यावधिक गरे पनि यो पार्टीले अध्यक्षलगायत केन्द्रीय समिति अद्यावधिक गराउन बाँकी नै छ। शनिबार हुने बैठकले संगठन निर्माणबारे विभिन्न निर्णय गर्नेछ।

त्यस्तै बैठकले केन्द्रीय समिति पुनर्गठन, कार्यकारिणी समिति र पदाधिकारीबारे निर्णय लिने बताइएको छ। बैठकमा मंसिरमा हुने निर्वाचनबारे पनि छलफल हुने बताइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।